पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन-पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ३ मौवाखोला नजिक पहिरो खसेर दुई तर्फी सडक अवरुद्ध भएको हो ।

बिहीबार बिहान पाँच बजे सडक माथिबाट ढुङ्गासहित लेदो खसेर सडक अवरुद्ध भएको हो ।

एउटा डोजर र एउटा जेसिबीले पहिरो पन्छाइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले बताइन् ।