ललितपुरमा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा एक जना घाइते

ललितपुरमा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा एक जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर–ललितपुरको भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा एक जना घाइते भएका छन्।

मंगलबार बिहान ९ बजे बागमती गाउँपालिका-३ भट्टेडाँडाको टाकुर्चेमा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

ना ५४ प १६५५ नम्‍बरको मोटरसाइकलमाथि पहिरो खसेको हो। मोटरसाइकल चालक सलमान अन्सारी सामान्य छन्। मोटरसाइकल पछाडि सवार हेटौंडाका ४६ वर्षीय मुर्तुजा अन्सारीको खुट्टा फ्र्याक्चर भएको हो।

उनको उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा ल्याइएको छ।