काठमाण्डु – तनहुँ, भानु नगरपालिका–९ सिमगैरामा बस्ने महिन्द्र धरालीको घर र संगै रहेको उनकै भाइको घरमा सोमबार दिउँसो आएको पहिरोमा पुरिएर महेन्द्र धरालीकी आमा ८० वर्षीया तिलमाया धराली र १७ वर्षीया छोरी त्रिप्सा धरालीको मृत्यु भएको छ ।
उक्त स्थानमा आएको पहिरोमा परी दुई जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीले खोजीगर्ने क्रममा त्रीप्सा धरालीलाई उद्दार गरी उपचारको लागि अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो भने घटनास्थलबाट तिलमाया धरालीको शव फेला पारेको हो ।
ललितपुर,महालक्ष्मीनगरपालिका–१० लाँकुरीभञ्ज्याङ बस्ने सुरज लामाको कच्ची घरमा अविरल बर्षाकोकारण पहिरो आउँदा घरभित्र पुरिएकाएकै परिवारका ५ जनालाईसोमवार दिउँसो सकुशल उद्दार गरिएको छ । पहिरोका कारण घरआंसिक क्षति भएको छ ।
पाल्पा,तानसेननगरपालिका–१३ रानिमहलस्थित तानसेन–रानिमहल सडक खण्डमा सोमबार साँझ आएको पहिरोका कारणसडक पूर्ण रूपमा अवरोध भएको छ ।
प्युठान,सरूमारानी गाउँपालिका–४ खहरेखोला,अँधेरीखोला र पाकुरीखोलास्थित भालुबाङ–प्यूठान सडक खण्डमा गएराति आएको बर्षाका कारण पहिरो आई सडक पूर्ण रूपमा अबरोध भएको छ ।
गोरखा, गण्डकीगाउँपालिका–२ पातिस्वारामा सोमबार दिउँसो कच्चि सडक भासिन गईअन्दाजी ३ सय मिटर तलसम्म पहिरो खस्न जाँदा सोही ठाउँ बस्ने ७७ वर्षीय खड्क बहादुर परियारसमेत ५ जनाको घर गोठ र चौपाया समेत पुरिँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्टभएको छ । पहिरोका कारण सो गाउँमा रहेका ५० घरधुरी समेत जोखिममारहेका छन् ।
पाँचथर,तुम्वेवा गाउँपालिका–२ खैरेनि बस्ने आईन्द्र राईको ढुङ्गा माटोले बनेको दुई तलेघरको गाह्रोसोमबाटराति परेको अविरल बर्षाका कारण पहिरो आईभत्किएर क्षति भएको छ ।
लमजुङ,सोमबार दिउँसो आएको अविरलबर्षाको कारण पहिरो आउँदा दुधपोखरी गाउँपालिका–५ वन्देश्वारा बस्ने राम बहादुर तामाङलगायत ४ जनाको घर पूर्णरुपमा क्षति भएको छ । उक्त घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
यसैगरी लमजुङ,दोर्दीगाउँपालिका–१ भारते लामिश्वारा बस्ने कृष्ण प्रसाद अधिकारीको घर सोमबार दिउँसो पहिरोआउँदा पूर्ण रूपमा भत्किएर क्षति भएको छ । साथै सुन्दरबजार नगरपालिका–१ भागिरथी बस्ने विकास श्रेष्ठ र केशव राज न्यौपानेकोघरमा सोमबार दिउँसो पहिरो आउँदा घर पूर्णरुपमा जोखिममा रहेको छ । उनीहरुलाई स्थानीयको घरमा सारिएको छ ।
तेह्रथुम,आठराईगाउँपालिका–१ संक्रान्ती बजारस्थित मिचुङ ईङलिस बोर्डिङ स्कुलको भवन पछाडिपट्टि सोमबार दिउँसो पहिरो झरी भत्किँदा उक्त स्कुलमा कक्षा ७ मा अध्ययनरत ५ जनाविद्यार्थीहरु घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले घाइतेहरुलाई उद्दार गरी उपचारको लागि अस्पतालतर्फ पठाएको छ ।
यसैगरी तेह्रथुम,छथरगाउँपालिका–५ शुक्रबारे बस्ने ५५ वर्षीय बिष्णु बहादुर सिंहको मकै बारीमा सोमबार दिउँसो पहिरोजाँदा सोही ठाउँ बस्ने ३६ वर्षीय तोर्ण बहादुर बस्नेत समेत ५ जना परिवारलाई उद्दार गरी छिमेकीहरुको घरमा राखिएको छ ।
धादिङ, गजुरीगाउँपालिका–२ मझुवा डाँडामा सोमबार दिउँसो पहिरो जाँदा सोही ठाउँ बस्ने बलबहादुर परियार लगायत अन्य ५ जनाको घर पहिरोले पुरिएर क्षति भएको छ । उक्त पहिरोमा परि सोही ठाउँ बस्ने मंगल परियारको १७ वर्षीया छोरी निरुता परियार बेपत्ता भएकी छिन् भने पहिरोमा परि घाइते भएका सिन्धुली घर भएका २८ वर्षीयजितेन चौधरीको मलेखु अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी धादिङ,गजुरीगाउँपालिका–५ घाटबेशीस्थित पृथ्बी राजमार्गमा काठमाण्डुबाट चितवनतर्फ जाँदैगरेको बा.२० च २०७७ नम्बरको जिप सडक अवरोध भई रोकी राखेको अवस्थामा सोमबार दिउँसो माथिबाटपहिरो आई जिप त्रिसुली नदीले बगाएको छ ।
पाँचथर,मिक्लाजुङगाउँपालिका–७ लुमाङ्दीन बस्ने तेज बहादुर माखिमको फुसको छानो भएको ढुङ्गामाटोले बनेको दुई तलेघरमा सोमबार साँझ आएको पहिरोका कारण घर चर्किएर क्षति भएको छ । उक्तघरकापरिवारलाई छिमेकीको घरमा सारिएको छ ।
स्याङजा,गल्याङ नगरपालिका–५ रातोपुल बस्ने बिष्णु कुवरको घरमा अविरल वर्षाको कारण सोमबार राति पहिरो आउँदा घरको तल्लो तला पुरिएको छ । घर जोखिममा रहेकोले ५ जना परिवारलाई छिमेकीको घरमा सारिएको छ ।
यसैगरी स्याङजा,गल्याङ नगरपालिका–१ मालुङ्गा बस्ने धर्मराज पाण्डेको पाण्डे मोटरसाइकल ग्यारेजमा मंगलबार बिहान पहिरो खस्दा ग्यारेज पूर्ण रुपमा क्षति भएको छ । उक्त पहिरोको कारणले सोही ठाउँ बस्ने ३ जनाको घर जोखिममा रहेको छ ।
पहिरो गएका सबै स्थानहरुमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै पहिरोका कारण अवरोध भएका स्थानहरुमा पहिरो हटाउने कार्य गरिरहेको छ ।




प्रतिक्रिया