जाजरकोटमा पहिरोमा बेपत्ता वडा सदस्य दम्पतीको शव फेला

जाजरकोटमा पहिरोमा बेपत्ता वडा सदस्य दम्पतीको शव फेला

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडा सदस्य दम्पतीको शव फेला परेको छ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोले पुरिँएका गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको जानकारी दिए।

गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा पतिपत्नी नै बेपत्ता भएका थिए।

बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको जानकारी दिए ।

घाइते भएकी सम्झानालाई आइतबार बिहान १० बजे हेकिप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतका उपचारका लागि पठाइएको हो ।

घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।