पलासे र चन्द्रागिरीमा पहिरोले पुर्‍दा ५ जनाको मृत्यु

पलासे र चन्द्रागिरीमा पहिरोले पुर्‍दा ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ ।

कालिकोट स्थायी घर भई पलासेमा बसेका २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको हो ।

उनीहरु पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बस्दै आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ मसिनेमा आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३९ वर्ष गर्वे तामाङ र उनको श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन् । पहिरोमा परि उनकी आमा ठूलीमाया तामाङ, छोरी बिनिसा घाइते भएका छन् ।

घाइतेको उपचार एपीएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।