काठमाण्डु – कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले भने, ‘सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौं ।’
उनले तत्कालै सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको जानकारी दिए ।




प्रतिक्रिया