पहिरोले पन्छाएसँगै महाकाली राजमार्ग सञ्चालनमा आयो

पहिरोले पन्छाएसँगै महाकाली राजमार्ग सञ्चालनमा आयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ ।

आइतबार रातिको अविरल वर्षाका कारण गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो ।

पहिरो पन्छाएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको हो ।

राजमार्ग खुलेसँगै सवारी आवागमन सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।