पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ जना घाइते

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज २ मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी ५ जना घाइते भएका छन् ।

रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा २ मजदुर पुरिएका हुन् ।

उक्त घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

“घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन,” उनले भने, “मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।”