पहिरोले थुनिएको गोरखाको नौनीखोला बग्न थाल्यो

पहिरोले थुनिएको गोरखाको नौनीखोला बग्न थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – गोरखाको धार्चे गाउँपालिका–७ लापुको मापुडाँडामा पहिरोले थुनिएको नौलीखोला बग्न थालेको छ ।

गए राति ११ बजेतिर झरेको पहिरोले खेला थुनिएर बनेको तालको पानी आज (शनिबार) विहान १० बजेदेखि आफै खुलेको र खोला बग्न थालेको स्थानीय बीरवल गुरुङले जानकारी दिए । ‘तालको पानी बग्न थालेपनि मापुडाँडाको पहिरो झर्न भने रोकिएको छैन,’ गुरुङले भने ।

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा थिए । जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको थियो ।