काठमाण्डु- सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । शनिबार बिहान इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो ।
झन्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरोका कारण पटक–पटक समस्या हुने गरेको छ ।




प्रतिक्रिया