सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । आइतबार राति वर्षासँगै आएको पहिरोमा परी बेपत्ता भएका १० जनाको शव निकालिएको हो ।
मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेका थिए ।
पहिरोमा पर्साको वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका थिए ।
पहिरोबारे थाहा पाएपछि भेला भएका स्थानीय र प्रहरीले एक जनाको भने जिवितै उद्धार गरेका थिए । घाइत भारतीय नागरिक बारु साहलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । अहिले उनको ह्वाम्स अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै सिनधुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पनि पहिरोले पुरिएर दुई जनाको मृत्युु भएको छ । पहिरोमा परेर ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी क्षेत्रीको मृत्यु भएको हो ।




प्रतिक्रिया