काठमाण्डु– सुडानको पश्चिमी भागमा आएको पहिरोले कम्तीमा १ हजार जनाको ज्यान लिएको छ।
सुडान मुक्ति आन्दोलनरसेनाका अनुसार, लगातारको भारी वर्षापछि अगस्ट ३१ मा मारा पहाडस्थित तारासिन गाउँको ठूलो भाग नष्ट भयो र एक जना मात्र बाँचे।
बीबीसीका अनुसार, यो घटना दुर्गम क्षेत्रमा भएको हो । संगठनले संयुक्त राष्ट्रसंघ, क्षेत्रीय र अन्तर्राष्ट्रिय निकायलाई मानवीय सहयोगको अपिल गरेको छ।
पहिरो गएको क्षेत्र हाल सुडान मुक्ति आन्दोलनरसेनाको नियन्त्रणमा छ। यो संगठन सुडान सेनासँगै अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध लडिरहेको छ।
युद्धका कारण उत्तरी डार्फर राज्यका धेरै बासिन्दाले मारा पर्वत क्षेत्रमा शरण लिएका थिए।




प्रतिक्रिया