बेलायतमा चित्रकार मास्केको ‘स्प्रिच्युअल पाथ’ प्रदर्शित

बेलायतमा चित्रकार मास्केको ‘स्प्रिच्युअल पाथ’ प्रदर्शित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आध्यात्मिक र दैविक विषयका क्षेत्रमा चित्र कोर्ने चित्रकार सितु मास्के देशारको पहिलो एकल चित्रकला प्रदर्शनी ‘स्प्रिच्युअल पाथ’ बेलायतमा लंडनमा प्रदर्शन भएको छ ।

बेलायतको केन्ट प्रदेशको फोक्सटन नेप्लिज कम्युनिटी सेन्टको प्रदर्शनी कक्षमा आयोजित प्रदर्शनीमा चित्रकार मास्केका १० वटा चित्रकहरू राखिएको हो । उक्त चित्रहरूमार्फत चित्रकार मास्केले जीवनलाई अध्यात्म र आत्मिक विषयसँग जोडेकी हुन् ।

बेलायतको फोक्सटनका उपमेयर तथा फोक्सटन हायातका डिस्ट्रिक काउन्सलर ज्याकी मिडिको प्रमुख आतिथ्यतामा भएको प्रदर्शनीमा फोक्सटन जिल्लाका अधिकारी लुसी मेकगर, बेलायती वरिष्ठ चित्रकार क्रिस बोन, फोक्टन नेपाली समाजका पूर्वअध्यक्ष झपिन्द्र थापा, कोषाध्यक्ष विक्रम राई, बिएफबिएस गोर्खा रेडियोका प्रमुख विनोदध्वज खड्का, चित्रकार अजय देशारसहित फोक्सटन तथा फोक्सटन हायात क्षेत्रका पूर्वप्रमुख र पूर्वअधिकारीहरूको उपस्थिति थियो ।

क्याप्टेन राम बहादुर पुनको सभापतित्वमा सम्पन्न प्रदर्शनीको उद्घाटन समारोहमा नेपाली मूलका ब्रिटिस आर्मी तथा पूर्वब्रिटिस आर्मीहरूको विशेष उपस्थिति थियो ।

त्यस अवसरमा फोक्सटन हायातकी डिस्ट्रिक काउन्सलर ज्याकी मिडिले नेपाली चित्रकला विशेष हुने भएकोले बेलायतमा नेपाली चित्रकलाको प्रदर्शनी भइरहनु पर्ने बताइन् । उनले नेपाली समाजको सकारात्मकताले आफूलाई प्रभावित पारेको पनि बताइन् ।

बेलायतका वरिष्ठ चित्रकार क्रिस बोनले नेपाली चित्रहरूले नेपालको विशेषता झल्काएकोले आफू नेपालमै पुगेको अनुभव भएको बताए । नेपाली चित्रकलाले विश्वमा फरक स्थान राख्नसक्ने भएकोले प्रचारमा ध्यान दिनुपर्ने उनले सुझाव दिए ।
ब्रिटिस आर्मीका क्याप्टेन राम बहादुर पुनले बेलायतमा पसिना र श्रम बगाएपनि नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको बताए ।

चित्रकार अजय देशारले करिव १३ बर्षपछि बेलायतमा पुनः चित्रसँग सम्बन्धित कार्यक्रममा जोडिन पाएकोमा खुसी ब्यक्त गर्दै नेपालमा योङ पिकासोले गाउँ गाउँमा कलाको विकास गर्दै नयाँ चित्रकारलाई विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको बताए ।

चित्रकार सितु मास्केले लामो समयदेखि एकल चित्रकलाको प्रदर्शनी नेपालमा गर्ने तयारी गरेकोमा बेलायतमा पहिलो एकल प्रदर्शनी राख्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले चित्रकलामार्फत जीवन दर्शन मात्र नभई धेरै विषय व्यक्त गर्न सकिने भएकोले आफूले वैदिक र आत्मिक विषयलाई केन्द्रित गरेको जानकारी दिइन् ।