कानुन अभावका कारण खेल क्षेत्रमा सोचे जस्तो विकास गर्न सकेनौँ: प्रकाशमान

कानुन अभावका कारण खेल क्षेत्रमा सोचे जस्तो विकास गर्न सकेनौँ: प्रकाशमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कांग्रेस नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन् । नेपाल सेतेरियो कराते केन्द्रीय शाखा डोजोले सोमबार आयोजना गरेको कार्यक्रममा सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐन अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिकका साथै खेल क्षेत्रको विकास सोचे जस्तो गर्न सम्भव नभएको बताएका हुन् ।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको उनको भनाइ छ ।

त्यसैले अबको दिनमा आफू सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा लाग्ने बताए । उनले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरे । सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी पनि गरे ।