पाकिस्तानी सेनाको गोलीबाट भारतीय सेनाका लेस नायको मृत्यु

पाकिस्तानी सेनाको गोलीबाट भारतीय सेनाका लेस नायको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतको जम्मू कश्मिर कपुवाडा जिल्लामा पाकिस्तानी सेनाले फायरिङ गर्दा एक भारतीय सेनाको मृत्यु भएको छ । शनिबार बिहानै पाकिस्तानी सेनाको फायरिङबाट भारतीय सेनाका लेस नायक राजेन्द्र सिंहको मृत्यु भएको हो।

पाकिस्तानले सीमासम्बन्धी सन्धि उल्लघन गर्दै भारततर्फ फायरिङ गरेको भारतीय सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जम्मु कास्मिरमा भएको सो गोली प्रहारबाट ५७ आरआरके लेस नायक सिंहको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय पक्षका अनुसार पाकिस्तानी सेनाले शनिबार बिहानै माछिल सेक्टरको सेनाको चौकीमा आक्रमण गरेका थिए। सो क्षेत्रमा शुक्रबार सरकारले अतिरिक्त सन्यै फोर्स थपेको थियो। आक्रमणबारे भारतले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।

जम्मु कास्मिरको सोपिया क्षेत्रमा भारतीय सेना र विद्रोही समूहबीच मुठभेड जारी रहेको बताइएको छ। सुरक्षाकर्मीको कारबाहीमा आहिलेसम्म २ विद्रोही मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।