एजेन्सी – पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्ज कम्पनीमा आक्रमण हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।
सोमबार बिहान कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज लिमिटेडको भवनमा गोली तथा ग्रेनेड प्रहार गरिएको पाकिस्तानी समाचार सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रारम्भिक जानकारीका अनुसार उक्त भवनमा तीनदेखि चार जना जति आतंककारी पसेका थिए ।
प्रहरीले गरेको कारबाहीमा परी ४ जना आतंककारी मारिएको समाचारमा उल्लेख छ । त्यस्तै दुई जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने समाचारमा जनाइएको छ ।
प्रहरीका सर्जन डा करार अहमद अब्बासीले मृतक र घाइतेलाई कराचीस्थित एक अस्पतालमा लगिएको जानकारी दिए ।




प्रतिक्रिया