काठमाण्डु – पाकिस्तान र अफगानिस्तानबीच फेरि तनाव बढेको छ ।
पाकिस्तानले गरेको आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु भएको छ । पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा आक्रमण गरेको हो ।
अफगानिस्तान क्रिकेट बोर्डले आक्रमणको निन्दा गर्दै आउने नोभेम्बरमा पाकिस्तानसँग हुने त्रिकोणीय टी–२० शृङ्खलाबाट पछि हट्ने निर्णय गरेको छ।
तीन खेलाडीको तस्बिर साझा गर्दै बोर्डले भनेको छ, ‘शुक्रबार साँझ पाकिस्तानबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई लक्षित गरिएको थियो।’
बोर्डका अनुसार यस आक्रमणमा ३ खेलाडीहरू कबीर, सिब्घाटुल्लाह र हारुन बाहेक अन्य ५ सर्वसाधारणको पनि मृत्यु भएको छ।
बोर्डले भनेको छ, ‘खेलाडीप्रति सम्मान र यस दुखद घटनाको प्रतिक्रियामा अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा पाकिस्तानसँग हुने आगामी त्रिकोणीय टी–२० शृङ्खलाबाट पछि हट्ने निर्णय गरेको छ।’
यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। टी–२० शृङ्खला पाकिस्तान, अफगानिस्तान र श्रीलङ्काबिच खेलिने तय भएको थियो। खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिन्डीमा हुने तालिका थियो।
यसअघि बुधबार साँझ पाकिस्तान र अफगानिस्तानबीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणपछि ४८ घन्टा लामो युद्धविरामका लागि दुवै देश सहमत भएका थिए ।




प्रतिक्रिया