पाकिस्तान एयरलाइन्सको विमान कराँचीमा दुर्घटना


एजेन्सी- पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए ३२० विमान दुर्घटना भएको छ । कराची एयरपोर्टको नजिक ९० जना यात्रु र ८ जना चालक दलका सदस्यहरू बोकेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटना भएको हो ।

पाकिस्तान इन्टर्नेशनल एयरलाइन्स (पीआईए)ले ९० जना यात्रु हुन सक्ने बताएको छ । शुक्रबार कराची एयरपोर्टको नजिकैको आवासीय क्षेत्रमा दुर्घटना भएको छ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको इन्डियन एक्सप्रेसले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ ।

सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ । कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement