पाकिस्तानी दूतावासद्वारा ज्ञानोदय माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

पाकिस्तानी दूतावासद्वारा ज्ञानोदय माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालस्थित पाकिस्तानी दूतावासले काठमाण्डुको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले विद्यालयमा नवस्थापित कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्नुका साथै पाकिस्तानका जनताबाट प्रदान गरिएको कम्प्युटर सामग्री हस्तान्तरण गरे ।

नयाँ स्थापना गरिएको प्रयोगशालामा ४२ थान नयाँ कम्प्युटरसहित नयाँ फर्निचर हस्तान्तरण गरिएको छ । यसअघिको प्रयोगशालालाईपुनर्स्थापना गरी प्राथमिक तहमा सारिएको छ, जसले प्रारम्भिक डिजिटल शिक्षालाई अझ मजबुत बनाउने विद्यालयले जनाएको छ ।

त्यस अवसरमा राजदूत हाश्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिता, समर्पण र प्रभावकारी व्यवस्थापनको प्रशंसा गरे । उनले विद्यालयले देखिने तथा दीगो शैक्षिक उपलब्धिहरू हासिल गरेको पनि उल्लेख गरे ।

यस्तै विद्यार्थी तथा समुदायका अगुवाहरूले विद्यालयमा ‘नेपाल–पाकिस्तान मैत्री समाज’ पनि स्थापना गरेका छन् ।