पाकिस्तानी दुतावासमा ७३ औं स्वतन्त्रता दिवस मनाइयो

पाकिस्तानी दुतावासमा ७३ औं स्वतन्त्रता दिवस मनाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दुतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो ।

७३ वर्ष अगाडि तात्कालिन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक वर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पठाएको सन्देश सुनाइएको थियो।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाईचाराको कामना गरेका छन् । प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ ।