पाकिस्तानलाई फेरि अर्को झट्का : भारतबाट पाकिस्तान बग्ने पानी रोकेर हरियाना पठाउने मोदीको तयारी

पाकिस्तानलाई फेरि अर्को झट्का : भारतबाट पाकिस्तान बग्ने पानी रोकेर हरियाना पठाउने मोदीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत हुँदै पाकिस्तान बग्ने पानीलाई मोड्दै हरियाना पठाउने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री मोदीले हरियानामा सम्बोधन गर्दै भारतबाट बग्ने पानी भारत र भारतीय किसानहरूले प्रयोग गर्न पाउने अधिकार रहेको भन्दै पानीलाई मोडी हरियाना लग्ने बताएका हुन् ।

‘७० वर्षसम्म हरियाना र भारतीय जनताको पानी पाकिस्तान बग्यो, तर अब यो मोदीले त्यो पानीलाई रोकी हरियानाको घरमा ल्याउँछ’, उनले भने, ‘मैले यो काम अघि बढाइसकेँ ।’

उनले हरियानाका किसानलाई उक्त पानी प्रदान गरी त्यहाँको जनताका लागि काम गर्दै गरेको दाबी समेत गरका टाइम्स अफ इण्डियाले जनाएको छ ।कस्मिरको विशेष अधिकार धारा ३७० को खारेजीपश्चात भारत र पाकिस्तानबीच तनाव बढेको हो ।