भारत–पाकिस्तान तनाव कम गर्न तयार छौं : नेपाल

भारत–पाकिस्तान तनाव कम गर्न तयार छौं : नेपाल


काठमाडौं – नेपालले भारत र पाकिस्तानबीचको तनाव कम गर्नका लागि मध्यस्थता निभाउने प्रस्ताव गरेको छ । नेपाल सरकारका एक सुत्रले भनेका छन्, “कुनै पनि समस्या सुल्झाउनका लागि वार्ता सबैभन्दा राम्रो तरिका हो । मतभेद हुन सक्छ, तर यसलाई वार्ताको माध्यमबाट सुल्झाउन सकिन्छ । यदी आवश्यक भयो भने हामी मध्यस्थताको भूमिका निर्वाह गर्न सक्छौं ।” सुत्रका अनुसार मुद्धा सुल्झाउनका लागि सबैभन्दा राम्रो तरिका भनेको दुई देशबीचको राम्रो संवाद गर्नु हो ।

नेपालले भनेको छ, “दुवै पक्षका लागि हाम्रो भूमिका हुन सक्छ । तर संवाद विकसित गर्नु आवश्यक छ ।” गत वर्ष अगस्टमा जम्मु कश्मीरको विशेष दर्जा समाप्त भएपछि संविधानको अनुच्छेद ३७० निलम्बन गरिएपछि भारत र पाकिस्तानबीचको तनावमा वृद्धि भएको छ । यो निर्णयपछि पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्ध कम गरेको थियो र भारतीय कुटनीतिज्ञलाई फिर्ता पठाएको थियो । सुत्रले भनेको छ, “जब हामी साथ आउँछौं, बस्छौं र आफ्नो विचार राख्छौं, तब मात्रै समस्या सुल्झन्छ । जस्तोसुकै परिस्थितिमा पनि हामी साथ बस्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ । अन्यथा अवस्था बिग्रन्छ ।”

दक्षिण एसियली क्षेत्रिय सहयोग संगठन (सार्कं) शिखर सम्मेलनलाई लिएर वर्तमान अनिश्चितताको स्थितिप्रति चिन्ता व्यक्त गर्दै सुत्रले भनेको छ, “यो संगठनमा प्राण भर्नु आवश्यक छ र नचाहिदो कुरा पर हुन आवश्यक छ ।” सुत्रले भनेको छ, “सार्क मृत अवस्थामा छैन । यो जिवितनै छ । तर हामीहरुबीचको बैठक भएको छैन । आशा छ कि हामी यसलाई पुनःजिवित गर्न सक्छौ ।” यो भन्दा अघिल्लो पटक सार्क सम्मेलन २०१४ मा काठमाडौंमा भएको थियो । उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका थिए ।