पाकिस्तानको लाहोरस्थित धार्मिकस्थल नजिकै बिस्फोट,पाँच जनाको मृत्यु

पाकिस्तानको लाहोरस्थित धार्मिकस्थल नजिकै बिस्फोट,पाँच जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको लाहोरमा सूफी मुसलमानहरुको एउटा धार्मिक स्थलबाहिर विस्फोट भएको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ।

आक्रमणकारीले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको जनाएको छ। केही प्रहरी पनि घाइते भएका छन्। विस्फोटन दाता दरबार सुफी दरगाहनजिकै भएको थियो। विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू पुगेका छन्। अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन।

प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। शिया र सुन्नी दुवै सम्प्रदायका हजारौँ मुसलमानहरू सो दरगाहमा प्रत्येक वर्ष जान्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो।