पाकिस्तानमा रमजानमा खुल्ला हुनेछन् मस्जिद,सामूहिक नमाजसमेत हुने

पाकिस्तानमा रमजानमा खुल्ला हुनेछन् मस्जिद,सामूहिक नमाजसमेत हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानले रमजानको महिनामा मस्जिद खुला गर्ने र समूहमा नमाज पढ्न दिने भएकाे छ ।कोरोना भाइरसको संक्रमण रोक्नका लागि रमजानको महिनामा पाकिस्तानले मस्जिदमा समूहमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो तर अब त्यहाँको सरकारले निर्णय फिर्ता लिएको हाे ।

यसै हप्ता संसारभरी रमजानको महिना सुरु हुँदैछ । रमजानको महिनामा बेलुका संसारभरीका मुसलमान मस्जिदमा एकैसाथ नमाज पढ्छन् । धार्मिक नेताहरुबीच भएको सहमतिअनुसार अब ५० वर्ष कटेका, बच्चा र फ्लूको लक्षण भएकाहरुलाई मस्जिदमा आउन दिइने छैन । मस्जिदको कार्पेट हटाइनेछ र फ्लोर हरेक दिन सफा गरिनेछ । नमाज पढ्न आउनेहरुबीच उचित दुरी कायम गरिनेछ र फेस मास्क पनि लगाउन सकिनेछ ।

प्रशासनको तर्फबाट जारी गरिएको निर्देशन टुटेको खण्डमा उक्त निर्णय पुनर्विचार गरिनेसमेत बताइएको छ । यसअघि पाकिस्तानको मस्जिदमा नमाजमा रोक लगाइएको थियो ।