पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नो आकाशमा उड्न दिएन

पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नो आकाशमा उड्न दिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आकाशबाट उड्न नदिने भएको छ ।

डेढ महिनाअघि भारतले जम्मु कस्मिरलाई विशेष मान्यता दिने संवैधानिक व्यवस्था खारेज गरेपछि क्रुद्ध बनेको पाकिस्तानले शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री मोदीलाई आफ्नो आकाशबाट उड्न अनुमति नदिएको बताएको छ ।

‘भारतले पाकिस्तानलाई मोदीका लागि एयर स्पेश दिन अनुरोध गरेको थियो । तर हामीले आफ्नो आकाश दिन नसक्ने जवाफ फर्काएका छौं ।’ पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेसीले भने ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन जाँदैछन् । उनले २७ सेप्टेम्बरमा महासभामा सम्बोधन गर्ने र जम्मु कस्मिर मुद्दाबारे बोल्ने जनाइएको छ ।

पाकिस्तानले यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पनि आफ्नो आकाश दिएको थिएन । यसअघि गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ हमला गरेपछि पाकिस्तानले आफ्नो आकाश बन्द गरेको थियो ।