पाकिस्तान सरकारद्वारा नेपाललाई चार करोड सहयोग

पाकिस्तान सरकारद्वारा नेपाललाई चार करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — पाकिस्तान सरकारले नेपाललाई चार करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । पाकिस्तानका राजदूत सइद हैदर शाहले सो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा. खगराज बराललाई हस्तान्तरण गरेका छन् ।

राजदूत शाहले कोरोना संक्रमण विरुद्ध लड्न सहयोग गर्न पाउँदा खुशी लागेको बताए । पाकिस्तान सरकारले सार्क सदस्य मुलुकहरुले स्थापना गरेको कोभिड–१९ आपतकालीन कोषमार्फत उक्त वित्तीय सहयोग उपलब्ध गराएको हो ।