काठमाण्डु – नेदरल्याण्ड्सलाई १४७ रनमा अलआउट गर्दै पाकिस्तानले टी–२० विश्वकप २०२६ को उद्घाटन खेलमा शानदार सुरुवात गरेको छ।
टी–२० विश्वकप २०२६ को उद्घाटन खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ। श्रीलंकाको सिंहलीज स्पोर्ट्स ग्राउन्डमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
नेदरल्याण्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए। पाकिस्तानका लागि सलमान मिर्जाले सर्वाधिक तीन विकेट लिए।
नेदरल्याण्ड्सका १० ब्याट्सम्यानमध्ये नौ जना क्याच आउट भए भने अब्रार अहमदले कोलिन एकरम्यानलाई बोल्ड गर्दै केवल एक विकेट लिए।




प्रतिक्रिया