पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तीन दिने अमेरिका भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खान वासिंटन डिसी प्रस्थान गरेका छन्।  इमरानको अमेरिका यात्रा धेरै महिनाको राजनीतिक कसरतको परिणाम हो।

यसमा सबैभन्दा महत्वपूर्ण भूमिका साउदी अरबका राजकुमार तथा साउदी राजगद्दीका उत्तराधिकारी मोहम्मद बिन सलमानले निर्वाह गरेका छन्। इमरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भेटवार्ता गर्नेछन्।

ट्रम्प-इमरान वार्ताका पछाडि साउदी राजकुमारको भूमिका महत्वपूर्ण रहेको भारतीय सञ्चार माध्यमहरुको दाबी छ।दुई देशबीच पछिल्लो समय उतार चढावपूर्ण सम्बन्ध छ। त्यही भएर पाकिस्तानले सिधै ट्रम्पसँग कुराकानी गरेर सम्बन्ध सुमधुर बनाउन चाहेको हो। पाकिस्तानले यसका लागि परम्परागतभन्दा भिन्नै उपायको खोजी गरेको थियो। उसलाई साउदी अरबका राजकुमारको सहयोग लिएको थियो।