पाकिस्तानी प्रधानमन्त्री खानले लगाएको आरोपको भारतले फर्कायो जवाफ

पाकिस्तानी प्रधानमन्त्री खानले लगाएको आरोपको भारतले फर्कायो जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र संघको महासभामा दिएको अभिव्यक्तिको भारतले जवाफ फर्काएको छ।

पाकिस्तानी प्रधानमन्त्री इरामन खानले बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा गरेको ५० मिनेट लामो सम्बोधनको क्रममा आफ्नो देशको तर्फबाट भएको शान्तिका सबै प्रयास भारतले अस्वीकार गरेको बताएका थिए ।

इमरान खानले आफ्नो भाषणको क्रममा विश्व समुदायलाई सचेत गराउँदै भारत र पाकिस्तानबिच युद्धको अवस्था आएमा जे पनि हुन सक्ने बताएका थिए । पाकिस्तानी प्रधानमन्त्रीको मन्तव्यपछि भारतले महासभामा राइट टू रिप्लाईको अधिकार प्रयोग गरी खानको अभिव्यक्तिलाई भड्काउ र झूठो रहेको आरोप लगाएको छ।

भारतीय विदेश मन्त्रालयकी प्रथम सचिव विदिशा मैत्राले पाकिस्तानले आफ्नो देशमा कुनै आतंकवादी संगठन नरहेको, आल कायदासँग सम्बन्ध राख्ने व्यक्तिहरुको पेन्सन नरोकेको जस्ता विषयमा पाकिस्तानले जवाफ फर्काउन नसक्ने दाबी गरे। भारतले जवाफ दिन पाउने अधिकार अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री खानको सो भाषणको जवाफ दिएको हो । विदिशाले शुक्रबार आफ्नो तर्फबाट विस्तृत बयान जारी गर्दै पाकिस्तानी प्रधानमन्त्रीले लगाएको आरोपको जवाफ दिएकी हुन् ।

खानले सम्बोधनको क्रममा पाकिस्तानमा कुनै पनि चरमपन्थी संगठन सक्रिय नरहेको र यसको पुष्टिका लागि उनले संयुक्त राष्ट्रसंघका पर्यवेक्षकलाई निम्ता दिएका थिए । विदिशा मैत्राले पाकिस्तानले आफ्नो वाचा पूरा गरेको हेर्न चाहेको बताएकी छन् ।