पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष जेल सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–भ्रष्टाचार मुद्दामा पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई १० वर्ष जेल सजाय सुनाइएको छ।

पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित अदालतले पूर्व प्रधानमन्त्री शरीफलाई १० वर्ष,उनकी छोरी मरियम नवाजलाई  सात वर्ष र छोरा सफ्दर अवनलाई पनि एक वर्षको जेल सजाय सुनाएको हो। साथै अदालतले मरियमलाई २० लाख पाउण्ड जरिवाना पनि सुनाएको छ।

पाकिस्तानमा जुलाई २५ मा हुने चुनावमा मरियम लाहोरबाट चुनावमा उठ्दै थिइन्। तर, अदालतको फैसलापछि मरियम नवाज चुनाव लड्नका लागि अयोग्य भएकी छिन्।

लन्डनस्थित उनको स्वामित्वमा रहेका भनिएका चारवटा विलासी फ्ल्याटको विषयमा उनीविरुद्ध मुद्दा चलेको थियो।

पाकिस्तनाको न्याश्नल अकाउन्ट्याबिलिटी ब्यूरोको अदालतले शृङ्खलाबद्ध स्थगनपछि उक्त फैसला शुक्रवार सुनाएको हो।