पाकिस्तानी विमानलाई अमेरिका प्रवेशमा रोक


एजेन्सी – अमेरिकामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को चार्टर्ड विमान आउन रोक लगाइएको छ ।

पीआईएका अधिकांश पाइलटहरुको लाइसेन्स नक्कली भएको खबर सार्वजनिक भएपछि सोही विषयलाई लिएर फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले चिन्ता व्यक्त गरेपछि अमरिकी परिवहन मन्त्रालयले अमेरिकामा पीआईएको चार्टर्ड विमान आउन रोक लगाएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानमा गत महिनामा गरिएको एक जाँचमा एक तिहाई पाकिस्तानी पाइलटले आफ्नो योग्यता सम्बन्धी गलत जानकारी र कागजात बुझाएका थिए ।

युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सीले पनि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको सञ्चालनमा ६ महिनाको लागि रोक लगाउने निर्णय गरेको छ । यद्यपि यस विषयमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

पाकिस्तनी टीभी च्यानल जियो न्युजले पनि पीआईएको उडान अमेरिकामा प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ । जियो न्युजले यो एयरलाइन्समा देखिएको आन्तरिक समस्या सुल्झाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement