पाकिस्तानमाथि भारतले अर्को हमला गर्दैछ

पाकिस्तानमाथि भारतले अर्को हमला गर्दैछ


एजेन्सी – भारतले यसै महिना पाकिस्तानविरुद्ध अर्को कारवाही गर्ने तयारी गरिरहेको छ भन्ने पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले १६ देखि २० अप्रिलबीच पाकिस्तान विरुद्ध पुनः कारवाही गर्ने तयारी गरिरहेको छ भन्ने विश्वासिलो एवं गोप्य जानकारी भएको दाबी गरेका थिए ।

विश्वसनीय गुप्तचर सूचना अनुसार भारतले सैन्य आक्रमणको तयारी गरेको आरोप पाकिस्तानले लगाएको हो । पाकिस्तानको आरोप भारतले खारेज गरेको छ । पाकिस्तानी आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको भनाई छ ।

पाकिस्तानी सेनाले एक भारतीय विमान खसाले र त्यसका पाइलटलाई नियन्त्रणमा लिए । नियन्त्रणमा लिएका पाइलटलाई सकुशल फिर्ता पठाएर पाकिस्तानले वार्ताको पहल गरेको थियो तर त्यसले सम्बन्धमा सुधार ल्याउन सकेको छैन ।

सम्बन्ध सुधारको साटो भारतले फेरि आक्रमणको तयारी गरेको आरोप पाकिस्तानले लगाएको हो । पाकिस्तानी विदेश मन्त्रीको दाबीमा कुनै सत्यता नरहेको बताएको भारतको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्,। ‘भारत पाकिस्तानी विदेश मन्त्रालयको गैर जिम्मेवार तथा अनावश्यक आरोप खारेज गर्दछ । पाकिस्तानी आरोपको उद्देश्य सीमा क्षेत्रमा युद्धको उन्माद फैलाउनु मात्रै हो ।’पाकिस्तानमा रहेका आतंकवादीलाई भारत तर्फ आक्रमण गर्न उक्साउनका लागि यस्तो भनाई आएको भारतीय आरोप छ ।

मोदी सरकारले लोकसभा निर्वाचनलाई भारतीय जनता पार्टीका पक्षमा पार्नका लागि पाकिस्तानमाथि हमला गर्नसक्ने मन्त्री शाहको दाबी थियो। पुलवा हमलामा भारतीय सिआरपिएफका ४४ भन्दा बढी जवानको मृत्यु भएको थियो। फेब्रुअरी १४ मा भएको उक्त महलापछि पाकिस्तामाथि भारतले एयरस्ट्राइक गरेको दाबी गरिएको थियो।

त्यसपछि दुवै देशका हवाइ सेना आमनेसामने भएका थिए। पुलवामा हमलामा पाकिस्तानले आफ्ना नागरिकको संलग्नता अश्वीकार गर्दै भारतीय सरकारले नै निर्वाचन जित्नका लागि गराएको आरोप लगाउँदै आएको छ। उक्त हमलाको प्रतिबन्धित समूह जैश ए मोहम्मदले जिम्मेवारी लिएको थियो। भारतमा यसै महिना विभिन्न चरणमा लोकसभा निर्वाचन हुन लागेको छ। पुलवामा हमलापछि भएको पाकिस्तानमाथिको हमलामा सत्तारुढ दल भाजपालाई फाइदा भएको भारतीय चुनाव सर्वेक्षणले देखाएका छन।