मधेशमा प्रदर्शन गर्ने ३६ जना पक्राउ, सबैभन्दा धेरै धनुषाबाट

मधेशमा प्रदर्शन गर्ने ३६ जना पक्राउ, सबैभन्दा धेरै धनुषाबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेशका विभिन्न जिल्लाबाट प्रदर्शन गर्ने ३६ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले जनाएका छन् ।

आज पनि सुनसरीसहित सिरहा, सप्तरी, धनुषामा कर्फ्यु लगाइएको छ। पर्सामा निषेधाज्ञा जारी छ।