काठमाण्डु– वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–६का ४२ वर्षीय अच्युत दुलाल रहेका छन् ।
दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि शनिबार प्रहरीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो।
दुलालले क्यानडामा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ।
दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया