काठमाडौं – यातायात ब्यवस्था कार्यालय पोखराबाट ड्राईभिङ लाइसेन्सका लागी लिइने लिखीत तथा ट्रायल पास गराईदिन्छौं भन्दै घुस माग्ने दुई जना पक्राउ परेका छन् ।
हेभी इक्विपमेन्ट डिभीजन कार्यालय पोखरा, कास्किमा द्धितिय अपरेटर पदमा कार्यरत कुमार लामीछाने र मेट्रो ड्राईभिङ्ग इन्स्टिच्युटका संचालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सोमबार उनिहरुलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए ।
लामिछाने र काफ्लेलाई सेवाग्राहिसँग ४० हजार घुस लिईसकेको अवस्थामा पोखरा महानगरपालिका–१७ ड्यामसाईबाट नियन्त्रणमा लिईएको हो ।
घट्नाबारे अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।




प्रतिक्रिया