काठमाडौं – पर्सामा एक बालकको अपहरणपछि हत्या भएको छ । आठ वर्षीय करण साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।
उनको हत्यामा संलग्न एक भारतीयसहित तीन जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ । चार राउण्ड फायर गरेको र दुई जनालाई एक–एक गोली लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।
प्रहरीको गोली लागेर भारत विहारका विकाश शर्मा र बारा कलैयाका सिकेन्द्र साह घाइते भएका छन् । कलैयाकै रामविनेश शर्मा भने सकुशल छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुर, पर्सा प्रहरी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो ।
गत १० गते शुक्रबार बिहानको १० बजे वीरगंजबाट अपहरणमा परेका बालकको कैलैया उपमहानगरपालिका–२५ मा रहेको खोलाको किनारमा हत्या गरिएको अवस्थामा शव भेटिएको भट्टराईले बताए ।
उनीहरुले करणको परिवारसँग सुरुमा ३० लाख फिरौती रकम मागेको र अन्त्यमा पाँच लाख दिने सहमति भएको भएपनि उनीहरुले शुक्रबार राति नै बालकको हत्या गरेको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ ।




प्रतिक्रिया