अश्लिल क्रियाकलाप गर्ने होटल साहुनीसहित ८ जना पक्राउ

अश्लिल क्रियाकलाप गर्ने होटल साहुनीसहित ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटस्थित एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनीसहित ८ जना पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका–११ सएके पेट्रोल पम्प पछाडि सुष्मा राईले सञ्चालन गर्दै आएको होटलमा हो–हल्ला तथा अश्लिल क्रियाकलाप भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारी होटल साहुनीसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका–१० की सुष्मा राईसहित ३ जना महिला र ५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । अश्लिल क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ । उनीहरुको बारेमा थप असुन्धान भइरहेको प्रहरीले जनाएको छ ।