मानव बेचबिखन आरोपमा दक्षिणकालीका वडाध्यक्षसहित ३ जना पक्राउ

मानव बेचबिखन आरोपमा दक्षिणकालीका वडाध्यक्षसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मानव बेचबिखन आरोपमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको हो ।

एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको एक खाजाघरमा प्रहरीले छापा मारेको थियो । ललितपुरका एसएसपी टेकप्रसाद राईले अभियोगबारे थप अनुसन्धान गर्नुपर्ने भएपछि खड्कासहित ३ जनालाई गत शुक्रबार नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् ।

एसएसपी राईका अनुसार, मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।