काठमाडौं – कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका टिपर चालक पक्राउ परेका छन् ।
बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक अनिल लामालाई प्रहरीले बिहिबार राति सिन्धुपाल्चोकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
बुधबार राति बा ४ ख८५७९ नम्बरको टिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका–४ का राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया–७ का मुन्ना चौधरीको ज्यान गएको थियो ।




प्रतिक्रिया