पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेका छन् ।
कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक मोहनप्रसाद दुलाललाई पक्राउ गरेको छ ।
अभिभावकको उजुरीको आधारमा दुलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले जानकारी दिए ।
दुलालले किशोरीको संवेदनशील अंगमा हात लगाएको भन्दै उजुरी परेको छ । विद्यालयबाट छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हो ।
दुलालले यसअघि पनि पटक–पटक विद्यालयमा छात्रालाई दुर्व्यवहार गर्दै आएका अभिभावकहरुले बताएका छन् ।




प्रतिक्रिया