काठमाडौं – नेपाली सेनाका सिपाहीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
अहरी दमन सिंहदरबार गणमा कार्यरत भिमबहादुर भण्डारीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ ठग्ने बैतडीको दशरथचन्द नगरपालिका १ का रमेश बडु आइतबार पक्राउ परेका हुन् । उनलाई प्रहरी अपराध अनुसन्धान महाशाखा टेकूले नक्खुदोबाटोबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार उनले रक्षा मन्त्रालयका सचिवलाई चिनेको छु भन्दै सेनाका सिपाहीलाई शान्ति सेनामा पठाइदिने आश्वासन दिएका थिए । उनले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै अरु दुई जनाबाट पनि २४ लाख रुपैयाँ ठगेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया