काठमाडौंबाट ९२ लाख नगदसहित ३ जना पक्राउ

काठमाडौंबाट ९२ लाख नगदसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौंबाट स्रोत नखुलेको ९२ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको गोकर्णेश्वरको आरुबारी बस्ने ३४ बर्षीय रवि धमला, संखुवासभाका ३० बर्षीय सन्तोष वि।क। र रसुवा घर भइ तारकेश्वर बस्ने ३९ बर्षीय जीत बहादुर तामाङ रहेका छन् ।

गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।