विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकन महिला पक्राउ

विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकन महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ परेकी छिन् ।

अमेरिकी नागरिक ४६ वर्षीया नि यान लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

बाटिक एयरको उडानमार्फत उनी काठमाडौंबाट मलेसिया जान लागेकी थिइन् ।

अन्तर्राष्ट्रिय उडानको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

उनीबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रकम, १ सय मलेसियन रिंगेट बरादम भएको छ । त्यसैगरी विभिन्न कम्पनीका १९ थान मोबाइल, २८ थान सीमकार्ड र १२२ थान मेमोरी कार्ड बरामद भएको छ ।

पक्राउ परेका उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।