८२ राउन्ड गोली र एयरगनसहित एक जना पक्राउ

८२ राउन्ड गोली र एयरगनसहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पर्साबाट ८२ राउन्ड गोली र एयरगनसहित भारतीय नागरिक पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका हुन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएका सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनीमाथि आवश्यक कारबाही सुरु भएको थापाको भनाइ छ।