लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् ।

उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । रासस