काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाएको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
आइतबार राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका हुन् ।
उनलाई चितवनको भरतपुरबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ। काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
शनिबार हेटौंडामा भएको कार्यक्रममा उनले तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै प्रचण्डको तस्बिरमा आगो लगाएका थिए।




प्रतिक्रिया