काठमाण्डु– काठमाण्डुको बागबजारमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।
धादिङ गल्छी गाउँपालिका घर भई तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्तलाई मंगलबार पक्राउ गरेको हो।
नुवाकोट सूर्यगढी नगरपालिका–१ घर भई तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो।
चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाण्डु महानगरपालिका–२८ स्थित एक गेष्ट हाउसको कोठामा तामाङको शव फेला परेको थियो।
उनी भारत भागेका थिए। त्यहाँबाट नेपाल फर्किएको सूचना पाएपछि प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो।
पक्राउ परेका पन्त पूर्व भारतीय सैनिक हुन् । प्रहरी वृत्त सिंहदरबारले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया