२ महिनाकी छोरीको हत्या गर्ने आमा पक्राउ

२ महिनाकी छोरीको हत्या गर्ने आमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – आफ्नै २ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

गुल्मीको गुल्मीदरवार गाउँपालिका–४ बाख्रे बस्ने ३६ वर्षीया जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी श्रृङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जमुनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।