२ लाख नगदसहित काभ्रे मालपोतका नासु पक्राउ

२ लाख नगदसहित काभ्रे मालपोतका नासु पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको मालपोत कार्यालयका नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलको टोलीले भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।