सहकारी वित्तीय विकास संस्थाको ३७ करोड हिनामिना : अध्यक्षसहित ३ जना पक्राउ

सहकारी वित्तीय विकास संस्थाको ३७ करोड हिनामिना : अध्यक्षसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाँकेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा ३७ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा अध्यक्ष हरदेवबक्स चौधरीसहित ३ जना पक्राउ परेका छन् ।

अदालतको फैसला कार्यान्वयन टोलीले चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरेको हो ।

अध्यक्ष चौधरीलाई अदालतले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको छ। उनी यसअघि एक वर्ष कैद भोगेर २५ लाख धरौटीमा रिहा भएका थिए। जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेपछि चौधरीसहितका तीन जना पक्राउ परेका हुन्।

यो घोटालामा १९ जनालाई दोषी ठहर गरिएको छ। तीमध्ये सात जनाले सजाय भुक्तान गरिसकेका छन् भने बाँकी फरार छन्।

२०७६ असोज २८ गते दर्ता गरिएको मुद्दामा २०८० पुस २६ गते जिल्ला अदालतले ४१ जनामध्ये १९ जनालाई दोषी ठहर गरेको थियो। त्यसपछि २०८२ जेठ १४ गते उच्च अदालतले उक्त फैसला कायम गर्दै पीडित पक्षलाई समेटेर नयाँ सञ्चालक समिति गठन गर्न आदेश दिएको थियो।